मानव अधिकार सहायता कक्ष गठन

बागमती प्रदेश । २०८२ चैत ३० गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), बागमती प्रदेश कार्यालयको आयोजनामा ०८२ चैत २७ गते काठमाडौँमा मानव अधिकार सहायता कक्षको गठन भएको छ ।

उक्त बैठकमा राष्ट्रिय मानव अधिकार आयोगका कानुन मामिला महाशाखाका उपसचिव श्यामबाबु काफ्लेले यस सहायता कक्षको सुदृढिकरणका लागि धेरै संघसंस्थाहरुलाई आवद्ध गरी समन्वयात्मक बनाई सिफारिस संयन्त्रलाई बलियो बनाउनुपर्नेमा जोड दिनु भयो ।

त्यसैगरी इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले मानव अधिकार सहायता कक्षलाई बागमती प्रदेश कै सक्रिय लुज नेटवर्कका रुपमा अगाडी बढाउन सकेमा पीडितलाई आर्थिक, कानुनी र परिस्थितिजन्य सहयोग गर्न सकिने बताउनु भयो ।

उक्त बैठकले इन्सेकमा सचिवालय रहने गरी सिविन, महिला मानव अधिकार रक्षकहरुको राष्ट्रिय संजाल, रोयम नेपाल, दि हिमालयन इन्नोभेटिभ सोसाइटी, जेसिवाइसियन, शक्ति समूह र साथी गरी आठ वटा संघसंस्था सदस्य संस्थाको रुपमा रहने र राष्ट्रिय मानव अधिकार आयोग सल्लाहकार सदस्यको रुपमा रहने निर्णय भयो ।

त्यस्तै आगामी बैठकबाट संयोजक चयन गर्ने साथै ओसिएमसी, नेपाल बार एशोशियसन र सम्बन्धित सरकारी र गैरसरकारी संघसंस्थाहरुलाई समेट्ने निर्णय भयो ।

बागमती प्रदेश कार्यालय