कानुनी प्रकृयामा जानका लागि इन्सेकको सहयोग

कर्णाली प्रदेश । २०८३ बैशाख ३ गते

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जानका लागि इन्सेक कर्णाली प्रदेश कार्यालयले ०८३  वैशाख ३ गते बराहताल गाउँपालिका–५ की २९ वर्षीया विनिता गौतमलाई ६ हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ । उहाँका पति २९ वर्षीय  तिलक गौतमले  मानसिक, शारीरिक  र आर्थिक यातना दिइ अर्को विवाह गरेर भारतमा बसेपछि कानुनी प्रक्रियाका लागि जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको र कानुनी प्रक्रियामा जान आर्थिक अवस्था कमजोर भएको भन्दै ०८२ फागुन २८ गते पीडितले इन्सेकमा निवेदन दिनुभएको थियो ।

०८२ चैत २५ गते बसेको मानव अधिकार सहायता कक्ष बैठकले विनितालाई ६ हजार रुपियाँ सहयोग गर्ने निर्णय गरेको थियो । अदालतमा आउँदा जाँदा यातयात, फोटोकपी र अदालती शुल्क तिर्न सहज होस् भन्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले बताउनु भयो ।

कर्णाली प्रदेश कार्यालय