आर्थिक अवस्था कमजोर भएकी १० वर्षीया हिंसा पीडित बालिकालाई न्यायिक प्रकृयामा सहयोग पुर्याउने उद्देश्यले इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जले ०८२ चैत ३० गते संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्ष मार्फत १० हजार रुपियाँ उपलब्ध गराएको छ ।
पीडितका अभिभावकले दिएको निवेदन र इन्सेक अर्घाखाँची प्रतिनिधिको सिफारिसको आधारमा बलात्कार पीडित बालिकालाई उक्त रकम प्रदान गरिएको हो ।
पीडित बालिकालाई ०८२ चैत १० गते २७ वर्षीय पुरुषले बलात्कार गरेको भन्दै पीडित पक्षले चैत १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपितलाई प्रहरीले चैत १० गते गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण चैत १० गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा भएको थियो ।
HUMAN RIGHTS NEWS PORTAL






