युवा मानव अधिकार रक्षक सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनका लागि प्रतिवद्धः उपसभामुख रुवी कुमारी

ललितपुर ।

मानव अधकिार संरक्षणका लागि अभयिन्ताकारुपमा युवा भन्ने नाराका साथ युवा मानव अधकिार रक्षक सम्मेलन सम्पन्न भयो ।

अनौपचारकि क्षेत्र सेवा केन्द्र (इन्सेक), रोयम नेपाल, डजिटिल राइट्स नेपाल, भजिबिल इम्प्याक्ट र राष्ट्रयि युवा परषिद् नेपालको संयुक्त आयोजनामा ०८३ वैशाख १९ गते प्रतनिधिसिभाका उपसभामुख रुवी कुमारीको प्रमुख आतथ्यिता र इन्सेकका अध्यक्ष वजियराज गौतमको सभाध्यक्षतामा सम्मेलन सम्पन्न भएको हो ।

प्रतिनिधिसभाका उपसभामुख रुवी कुमारीले नेपालका युवा मानव अधिकार रक्षकहरुको दुई दिने सम्मेलन महत्वपूर्ण रहेको स्मरण गर्दै आफू मधेशमा दाइजो प्रथा विरुद्धको अभियामा रहेको र देशको बेरोजगारी समस्याको साथै महिला अधिकारका लागि विशेष अभियान चाल्नु पर्ने खाँचो औल्याउनु भयो ।

उहाँले यस सम्मेलनबाट पारित घोषणापत्र कार्यान्वयनका लागि पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेलले मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ को घोषणा पछि विभिन्न किसिमका बाधाहरुका बीच नेपाल राष्ट्र पक्षभएको स्मरण गर्दै नेपालको संविधान २०७२ सालमा जारी हुँदा भविष्यका सरकारले कार्यान्वयनका लागि अपेक्षा गरिएकोमा त्यसको कार्यान्वयनमा रहेको बताउनु भयो । अधिकार आफूलाई मात्र नभइ अरुका लागि खोजिने भएकोले राज्यका जिम्मेवारी र पदमा रहेर काम गर्दा अधिकार नभइ कर्तव्यकारुपमा रहने उल्लेख गर्दै बिगतका सरकारले नागरिकलाई सेवाग्राहीभन्दा कार्यकर्ताकारुपमा हेरिएकोले अबका दिनमा त्यस्तोे गल्ती नहोस् भनेर खबरदारी गर्न युवाहरुलाई आह्वान गर्नुभयो ।

पूर्व आयुक्त प्याकुरेलले प्रश्न गर्न नपाएमा लोकतन्त्र नरहने उल्लेख गर्दै आवाज विहीनको आवाज नै मानव अधिकार भएको चर्चा गर्नुभयो ।

इन्सेक र फोरम एशियाका अध्यक्ष विजयराज गौतमले भोलिका दिनमा कार्यान्वयनका लागि देशभरको प्रतिनिधित्व गरेर युवा मानव अधिकार रक्षकहरुको दुई दिने सम्मेलनमा सहभागी भएर महत्वपूर्ण विषयमा छलफल गरी १७ बुँदे घोषणापत्र जारी भएकोले ती मुद्दामा तीनै तहका सरकारले कार्यान्वयन गर्न उपसभामुखको महत्वपूर्ण भूमिका रहने विश्वास गर्नुभयो ।

राष्ट्रिय युवा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले युवा विकासका लागि सरकारी स्तरबाट तयार भएको ठोश कार्ययोजना सहितको युथभिजन सरोकारवालाहरुसँंग व्यापक छलफल, अन्तरक्रिया, सहभागिता प्रभावकारिता रहेको स्मरण गर्दै युवाहरुलाई सामाजिक तथा मर्यादित भाषा प्रयोग गरेर काम गर्दै अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाले देशका २ सय ९३ वटा नगरपालिकाहरुको छाता संघका रुपमा रहेर काम गर्ने क्रममा नागरिक हितका लागि सर्वोपरि ध्यान दिदै गरेको उल्लेख गर्दै सरकारले अहिले चालेका कदमले सहरी गरिब, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको मानव अधिकार सुनिश्चित गर्ने विश्वास गर्नुभयो ।

सम्मेलनले १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न समारोहमा नेपालको मानव अधिकार अवस्था, वैदेशिक रोजगारीमा जाँदा नेपालीहरुले भोगेका समस्या, यौनिक तथा प्रजनन् स्वास्थ्यका साथै दिगो विकास लक्ष्यका लागि गर्नु पर्ने कार्य, जेनजी आन्दोलन र अहिलेको अवस्थालगायतका विषयमा छलफल भएको इन्सेक बागमती प्रदेश संयोजक शिव खकुरेलले जानकारी दिनुभयो ।

 

दीपकप्रसाद घिमिरे