इन्सेकद्वारा हिंसापीडित महिलालाई आर्थिक सहयोग प्रदान

दाङ । २०८३ जेठ १४ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र डीसीए नेपालको संरक्षण परियोजना अन्तर्गत लैंगिक हिंसापीडितलाई कानुनी प्रक्रियामा जानको लागि सहजता होस् भन्ने उद्देश्यले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग उपलव्ध गराएको छ ।

जेठ १२ गते घोराहीकी एक ३६ वर्षीया हिंसापीडित महिलालाई आर्थिक सहयोग उपलव्ध गराइएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लैंगिक हिंसासम्वन्धी एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) का फोकल पर्सन मिना डिसीको सहजीकरणमा इन्सेक जिल्ला प्रतिनिधि जयनारायण पुनले पीडितलाई न्यायिक प्रक्रियाका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।

बहुविवाहबाट पीडित महिला पछिल्लो अवस्थामा नचिनेको मान्छेबाट बलात्कारमा परी बच्चा जन्मिएर माइतिको सहारामा बस्दै आएकी छिन् । मानसिकरुपमा समस्याग्रस्त ती हिंसापीडित महिलालाई न्यायिक प्रकृयामा सहजता पु¥याउन नगद १० हजार रुपियाँ हस्तान्तरण गरिएको हो । पीडित महिला बलात्कारमा परी शारीरिक र मानसिक समस्यामा समस्यामा रहेको ओसिएमसी फोकल पर्सन डिसीले बताउनुभयो ।

जयनारायण पुन