हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

अर्घाखाँची । २०८३ भदौ १ गते

बौद्धिक अपाङ्गता भएकी २३ वर्षीया महिलालाई न्यायिक प्रकृयामा जान सहयोग पुर्‍याउने उद्देश्यले इन्सेक प्रतिनिधिको सिफारिसमा इन्सेक लुम्बिनी प्रदेश कार्यालयले ०८३ भदौ १ गते संरक्षण परियोजना अन्तर्गत मानव अधिकार सहायता कक्षमार्फत पीडितलाई १० हजार रुपियाँ सहयोग उपलब्ध गराएको छ ।

पीडितलाई साउन २० गते भूमिकास्थान नगरपालिका– ९ का ७६ वर्षीय पुरुषले जबरजस्ती बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २० गते जिल्ला प्रहरी कार्यालय सन्धिखर्कमा उजुरी दिएका थिए ।
प्रहरीले आरोपितलाई साउन २० गते गिरफ्तार गरी कानुनी प्रकृयामा ल्याएको छ ।

पीडितको स्वास्थ्य परीक्षण साउन २० गते अर्घाखाँची जिल्ला अस्पताल सन्धिखर्कमा गरिएको छ ।

कुल बहादुर नेपाली