भोटेकोशी बाढीबाट प्रभावित क्षेत्र नेपाल–चीन सिमाना टिमुरे घट्टेखोलादेखि बेत्रावतीसम्म सम्पर्कविहीन भएका व्यक्तिहरुको खोजी उद्धार र राहत १३ औं दिनसम्म पनि जारी छ । उत्तरगया गाउँपालिकामा मात्र ६ सयभन्दा बढी व्यक्तिहरु सम्पर्कविहीन छन्। उत्तरगया गाउँपालिका–१ मा मात्र ४ सय जना भन्दा बढी बाढीका कारण सम्पर्कविहिन भएको गाँउपालिकाको प्रारम्भिक तथ्यांक छ । बाढीमा परी ६ सय १३ परिवार विस्थापित छन् । ८ सय १८ वटा घर र १८ वटा टहरामा पूर्ण क्षति भएको छ । वडा नं. १ मा धेरै टहरा रहेका थिए, जसको अभिलेख अझै आउन बाँकी रहेको उत्तरगया गाउँपालिकाका कर्मचारी हरिश अवस्थीले बताउनु भयो । त्यस्तै कालिका गाउँपालिकाका १ सय ४५ जना सर्म्पविहिन छन् भने वडा नं. १ मा ३६ घर विस्थापित भएकाले प्रभावितहरुलाई राहत तथा उद्धारमा लागेको गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटाले बताउनु भयो ।



हेमनाथ खतिवडा
HUMAN RIGHTS NEWS PORTAL