सिरहा । २०८३ कात्तिक १० गते

भोटेकोशी नदीमा ०८३ भदौ १० गते आएको बाढीमा परी सम्पर्कविहीन भएका नेपाली सेनाका जवान विवेक नारायण चौधरीको परिवारले ०८३ कात्तिक ९ गते कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

लहान नगरपालिका–११ निवासी २९ वर्षीय चौधरी बाढीका बेला रसुवास्थित मैलुङ चेकपोस्टमा कार्यरत हुनुहुन्थ्यो । उहाँसहित नेपाली सेनाका १८ जनाको टोली बाढीपछि सम्पर्कविहीन भएको थियो । हालसम्म पनि उहाँ जीवित रहेको वा शव फेला परेको कुनै जानकारी नआएपछि कुशको शव बनाएर अन्तिम संस्कार गरिएको उहाँका पिता बिरिचन चौधरीले बताउनुभयो ।

अन्त्येष्टिमा नेपाली सेनाले उहाँको सम्मानमा सलामी दिएको थियो । भोटेकोशीको बाढीमा परी सिरहा जिल्लाका नेपाली सेनाका दुई जनासहित बालक, महिला लगायत १३ जना अझै सम्पर्कविहीन रहेका छन्।

दुर्गा परियार