अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा प्रभातफेरी
रौतहट । २०७८ मङ्सिर ४ गते
गरुडा नपा–९ स्थित श्री नयाँ मावि गम्हरिया श्रीपुर र सुबलाल भागवत मावि चन्द्रपुर नपा–८ सन्तपुरमा क्रियाशील बाल अधिकार चेतना समूहले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा “बाल अधिकार हाम्रो सरोकार, पढ्नलेख्न पाउने हाम्रो अधिकार” भन्ने मुल नाराका साथ प्रभातफेरी गरेका छन् ।

अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा श्री नयाँ मावि गम्हरिया श्रीपुरले समुदायमा बाल अधिकारसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले प्रभातफेरी गरिएको प्रधानाध्यापक रामआधार पासवानले बताउनु भयो । प्रधानाध्यापक पासवानले जुन समुदायका बालबालिकाहरू विद्यालयको पहुँच बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा समेट्नु पर्ने बताउनु भयो ।

सुबलाल भागवत मावि सन्तपुरमा बाल अधिकारसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले र्याली गरिएको प्रधानाध्यापक देवानन्द चौधरीले बताउनुभयो । उहाँले यस्ता दिवसलाई अभियानको रूपमा सञ्चालन गर्दा विद्यार्थीहरूमा हौसला बढ्ने तथा अतिरिक्त क्रियाकलापले थप प्रेरणा दिने बताउनु भयो ।
कोपिला तिमल्सिना
HUMAN RIGHTS NEWS PORTAL






