अन्तर्राष्ट्रिय महिला दिवसमा प्रभातफेरी
खोटाङ । २०७९ फागुन २४ गते
“लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार” भन्ने मुल नाराका साथ ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस फागुन २४ गते खोटाङमा प्रभातफेरी गरी मनाइएको छ । नेपालसहित विश्वभर मार्च ८ तारिखमा यो दिवस मनाउने गरिन्छ । र्यालीमा सहभागीहरूले सबैको अधिकारको सम्मान गरौं, हिंसा विरूद्ध शुन्य सहनशीलता कायम गरौं’, समृद्ध नेपालका लागि महिला साक्षरता र सहभागिता आजको आवश्यकता’ लगायतका प्लेकार्ड बोकेका थिए । र्यालीमा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय खोटाङ, जिल्ला प्रहरी कार्यालयलगायत एक दर्जन बढी संघसंस्थाको सहभागिता रहेको थियो ।
खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वजारक्षेत्र रत्नपार्कबाट प्रभातफेरी सुरू गरी मानव अधिकार चौक हुँदै जिल्ला समन्वय समितिमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राइ, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका मेयर तीर्थराज भट्टराई, उपमेयर विषन राई, सरकारी कार्यालयका प्रमुखहरू लगायतको सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले विपन्न ६ जना महिलालाई जनही ६ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
तारानाथ फुयल