अन्तर प्रादेशिक अनुभव आदन प्रदान कार्यशाला सुरू

रुपन्देही । २०८० असार १४ गते

मधेश प्रदेश र लुम्बिनी प्रदेशका युवा, महिला र सीमान्तकृत समुदायका मानव अधिकार रक्षकहरूबिच दुई  दिने ज्ञान र अनुभव आदान प्रदान कार्यशाला बुटवलमा सुरु भएको छ । युएसआइडीको आर्थिक सहयोगमा सञ्चालित नागरिक समाज र सञ्चार परियोजनामा द एसिया फाउण्डेशन, फोरम एसिया र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को संयुक्त आयोजनामा असार १३ गते देखि १४ गतेसम्मकालागि बुटवलमा सुरू भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले महिला, युवा, बालबालिका र सीमान्तकृत समुदायको क्षेत्रमा हालसम्म गरिएका प्रयासहरू, असल अभ्यास, अनुभव र चुनौतीका विषयमा बोल्दै मधेश प्रदेश र लुम्बिनी प्रदेशका मानव अधिकार रक्षकहरूबिचकोे ज्ञान,अनुभव र सिकाईलाई सक्रिय भएर आदान प्रदान गर्न आग्रह गर्नुभयो ।

फोरम एसियाका कार्यक्रम संयोजक डाक्टर देवेन्द्र अधिकारीले महिला, युवा, सीमान्तकृत समुदायको सवाललाई लक्षित र केन्द्रित गरि कार्ययोजना बनाइ अगाडि बढ्न आग्रह गर्नु भयो । कार्यशालामा लुम्बिनी प्रदेशका संयोजक भोला महत र मधेश प्रदेशका संयोजक राजु पासवानले प्रदेशको मानव अधिकारको अवस्थाका विषयमा सहजीकरण गर्नु हुनेछ । कार्यक्रममा लुम्बिनी प्रदेश र मधेश प्रदेशका महिला, युवा तथा सीमान्तकृत समुदायका अभियान्ता तथा मानव अधिकार रक्षकहरूको सहभागिता रहेको छ ।

रीमा बिसी