अर्धवार्षिक पूर्व समीक्षा सम्पन्न

तेह्रथुम । २०७९ असार ५ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि असार ५ गते तेहृथुममा समीक्षा सम्पन्न गरिएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ का लागि सन् २०२२ को जनवरीदेखि जुन १५ सम्मको अवधिमा जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लघङ्गन तथा ज्यादतीका घटनामाथि सरोकारवालाबिच समीक्षा गरिएको हो । समीक्षामा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष ठाकुर शेनेहाङ  इन्सेकले सार्वजनिक गर्ने तथ्याङ्कहरू सकेसम्म कमी हुन आवश्यक रहेको बताउनु भयो । उहाँले इन्सेकको प्रतिवेदनमा मानव अधिकारविरूद्धका घटना बढी भएकाले इन्सेकको प्रतिवेदनले सोही भनेकाले अपराधका घटना बढ्नुले जिल्लामा सुरक्षा चुनौती थपिएको र नागरिकको बाँच्न पाउने अधिकार कुण्ठित भएको बताउनु भयो ।

इन्सेक पूर्व जिल्ला प्रतिनिधि छत्रप्रसाद रिमालले मानव अधिकार सम्बन्धी काम गर्ने संस्थाहरूबीच समन्वय हुन आवश्यक रहेको बताउनुभयो । उहाँले अधिकारवादी संस्थाहरू एक भएर विभिन्न कार्यक्रम सञ्चालन गर्नुको विकल्प समेत नरहेको उल्लेख गर्नुभयो । समीक्षामा जिल्लामा ०७८ पुस १५ गतेदेखि ०७८ जेठ ३१ गतेसम्म अभिलेखीकरण गरिएका घटनामा बलात्कारका ११ ओटा र कुटपिटका दुई  घटना गरी १३ ओटा घटना सार्वजनिक गरिएको छ । कार्यक्रममा अधिकारकर्मी, पत्रकार , मानव अधिकार तथा शान्ति समाज, महिला मानव अधिकारको सहभागिता रहेको थियो ।

सुरेश खत्री