आत्मा सुरक्षासम्बन्धी अभिमुखीकरण सम्पन्न

सुर्खेत । २०८० जेठ २५ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको आयोजना तथा डिसिए र सिभिल सोसाइटी इन डेभलपमेन्टको सहयोगमा जेठ २० र २१ गते आत्मा सुरक्षासम्बन्धी अभिमुखीकरण तालिम वीरेन्द्रनगर नगरपालिका–२ कोलडाडामा सम्पन्न  भएको छ । पछिल्लो समयमा बढी जोखिममा पर्ने गरेका किशोर किशोरीहरूले आफूलाई कसरी सुरक्षित राख्न सकिन्छ र उनीहरुलाई आफ्नो सुरक्षा आफै कसरी गराउन सकिन्छ भन्ने उदेश्यले सञ्चालन भएको हो । अभिमुखीकरण कार्यक्रममा नयाँ बस्ती ठुलो किशोरी समूहकी सचिव भावना सुनारले अहिलेको समयमा धेरै समस्याहरु बढीरहेको र आफ्नै परिवारको मान्छेबाट हिंसामा पर्नुपरेको बताउनु भयो ।  साथै उहाँले आफूलाई कसरी सुरक्षित राख्ने भन्ने कुरा आत्मा सुरक्षासम्बन्धी तालिमले पूर्ण बनाएको पनि बताउनु भयो ।

   

यस्तै गरी, सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक सरिता शर्माले यस्ता कार्यक्रम हरेक विद्यालयमा गर्न आवश्यक रहेका औल्याउनु भयो । अभिमुखीकरण कार्यक्रममा ७३ जना किशोर किशोरीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण वीरेन्द्रनगर नगरपालिका स्तरिय मानव अधिकार सक्षक संजालका अध्यक्ष पबिता भियाल र सम्झना सुनारले गर्नुभएको थियो ।

प्रभाकुमारी रावत