आफूले गर्ने काम इमान्दारितापूर्वक सम्पादन गर्न इन्सेकका कार्यकारी निर्देशकको आग्रह
बाँके । २०७८ पुस ३० गते
आफूले गर्ने हरेक काममा इमान्दारी हुन इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले आग्रह गर्नु भएको छ । इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजना र डिसिएको सहयोगमा पुस २९ र ३० गते आयोजना गरिएको परियोजनासम्बन्धी अभिमूखीकरण बैठकमा उक्त कुरा आग्रह गर्नु भएको हो । उहाँले परियोजनाको बारेमा स्पष्ट भएर जान आग्रह गर्नु भयो । उहाँले इन्सेकका जतिपनि परियोजनाहरू छन् तिनिहरुको निश्चित समय रेखा भएको हुनाले निश्चित समयभित्र इमान्दारितापुर्वक काम गरेर सक्नुपर्ने बताउनु भयो ।
इन्सेकको परियोजनाले मानव अधिकार वर्ष पुस्तकलाई पनि सहज गर्ने बताउँदै कार्यक्रमहरू कसरी चलिरहेको छन् र कार्याक्रमहरूलाई कसरी सफल बनाउने भन्ने बारेमा छलफल गर्नुपर्ने बताउनु भयो । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले बैठकमा डिसिए र सिसु परियोजना अन्तर्गतका क्रियाकलापहरूको बारेमा छलफल गरिएको बताउनु भयो । बैठकमा कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले परियोजनाका उपलब्धि, सिकाइ र डिसिए परियोजनाका चुनौति र आगामी दिनहरूमा कसरी अगाडि बढ्ने भन्ने बारेमा जानकारी दिनु भयो ।
स्मृति देवकोटा