इन्सेकको टोलिद्धारा सुर्खेत जिल्लाको निर्वाचनपूर्वको अवस्थाबारे संचारकर्मिहरुसँग छलफल
सुर्खेत । २०७९ कात्तिक २८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले ०७९ कात्तिक २८ गते निर्वाचनपूर्वको अवस्थाक बारेमा जिल्लामा रहेको संचारकर्मिहरुसँग भेटघाट छलफल गरेको छ । इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा भएको कार्यक्रममा इन्सेकका पूर्व महासचिव कुन्दन अर्याल, इन्सेक कर्णाली प्रदेश प्रमुख नारायण सुवेदी, कार्यक्रम संयोजक किरण पौडेल, नेपाल पत्रकार महासंघ का अध्यक्ष ललित बसेल लगायत जिल्लामा रहेका सञ्चारकर्मिहरुकोे सहभागिता थियो । कार्यक्रममा सञ्चारकर्मिहरुले जिल्लामा भएका निर्वाचनसँग सम्वन्धित पूर्व गतिविधिहरू, कार्यक्रम, निर्वाचन आचारसंहिताको पालना र राजनितिक दलका क्रियाकलाप आदि विषयमा साथै जिल्लाको अवस्था बारेमा छलफल गरेका थिए । कार्यक्रममा बोल्दै इन्सेकका पूर्व महासचिव कुन्दन अर्यालले निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागी पत्रकार र अधिकारकर्मिहरुले खेल्नुपर्ने भूमिकाबारे जानकारी गराउनु भएकोे थियो । नागरिकलाई स्वतन्त्ररुपमा मताधिकारको प्रयोग गर्ने वातावरणको लागी अधिकारकर्मि र पत्रकारहरुले जहिले पनि सम्वन्धित पक्षहरुलाई घच्घच्याइरहनुपर्नेमा उहाँले जोड दिन भएको थियो ।
यस्तै इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले कार्यक्रमबारे प्रकाशपार्दै निर्वाचनलाई निष्पक्ष बनाउनका लागी इन्सेकले खेलेको भूमिकाबारे जानकारी गराउनु भएको थियो र अझै संचारकर्मीहरूवाट थप सल्लाह तथा सुझावहरु आवश्यकहरेको वताउनु भयो । छलफलका क्रममा पत्रकारहरुले नागरिक हितका सवालमा संचारकर्मि र अधिकारकर्मि एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए । यसै गरि आसन्न निर्वाचनमा पत्रकारहरुले पनि आचारसहिताको पलना गर्ने , सत्य तथ्यमा र निष्पक्ष रहित रिपोटिङ गर्ने कुरामा छलफल गरिको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल दुईृ दर्जन संचारकर्मि र अधिकारकर्मिहरुको सहभागिता रहेको थियो । अनुगमनको क्रममा निर्वाचनको पुर्व अवस्था अनुगमनको क्रममा सुर्खेतकाका प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसे ,मुख्य निर्वाचन अधिकारी विष्णु प्रसाद आर्याल , प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र जिल्ला प्रहरी प्रमुख पदम विष्ट लगायतका ब्यक्तिहरु संग भेटघाट तथा छलफल भएको छ । निर्वाचनको आचारसहिंता पालना र सुरक्षाको अवस्थाको बारेमा छलफल गरिएको इन्सेकका कर्णाली प्रदेश प्रमुख नारायण सुवेदीले जनाउनु भयो ।
प्रभा कुमारी राउत