इन्सेकको पहलमा जिल्ला स्तरीय युवा समूह गठन

पाल्पा । २०७७ कात्तिक ४ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को पहलमा पाल्पा जिल्लामा कात्तिक १ गते जिल्ला स्तरीय युवा समूहको गठन गरिएको छ । इन्सेकको सहयोगमा जिल्लाको बगनासकाली गाउँपालिका सहितका स्थानीय तहहरूमा विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्नका लागि उक्त समूहको गठन गरिएको हो । १५ सदस्यीय समूहको अध्यक्षमा जीवन न्यौपाने, उपाध्यक्षमा सपना घिमिरे, सचिवमा बसन्त बस्याल, सह सचिवमा सुजाता बस्याल र कोषाध्यक्षमा मोहन दर्नाल रहनुभएको छ ।

समूहले नोरिक र इन्सेकको सहयोगमा आगामी दुई महिनाभित्र युवाहरूका लागि नेतृत्व विकास तालिम सञ्चालन, युवा सम्बन्धी भिडियो डकुमेन्ट्री निर्माण लगायतका विभिन्न रचनात्मक कार्यक्रमको योजना समेत बनाएको समूहका अध्यक्ष जीवन न्यौपानेले बताउनु भयो । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिना, स्थानीय बेद युवा समूहका अध्यक्ष बरुण बस्याल, पत्रकार दयाराज न्यौयाने, स्थानीय युवा बिष्णु तिमिल्सिना लगायतले धारणा राख्नु भएको थियो ।

यज्ञमूर्ति तिमिल्सिना