इन्सेकको २४ औँ साधारण सभा सम्पन्न

काठमाडौँ । २०७८ असोज २२ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को २४ औँ साधारणसभा असोज २२ गते काठमाडौँमा सम्पन्न गरिएको छ । साधारण सभामा स्वागत गर्दै इन्सेककी अध्यक्ष डा. इन्दिरा श्रेष्ठले कोभिड महामारीका बेलामा थप सचेत भएर मानव अधिकारको संरक्षण र सम्बद्र्धनमा काम गर्नुपर्ने बताउनु भयो । उहाँले मानव अधिकारको रक्षा र विकास तथा पीडितको सहायताका लागि इन्सेकले आफ्ना सदस्य तथा कर्मचारीलाई तयारी अवस्थामा राखेको बताउनु भयो ।

इन्सेकका संस्थापक अध्यक्ष सुशील प्याकुरेलले बदलिँदो परिवेशमा मानव अधिकारका सवाललाई मसिनो गरी केलाएर रणनीति तय गर्नुपर्नेमा जोड दिनु भयो । इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले कोभिड महामारीका कारण वैदेशिक रोजगारीमा परेको प्रभावलाई मध्यनजर गर्दै सरकारले आवश्यक सहजीकरण गर्नुपर्ने बताउँदै त्यसका लागि नागरिक दबाबको आवश्यकतामा जोड दिनु भयो ।

साधारण सभाले इन्सेकका महासचिब रुद्रबहादुर चर्मकारले पेश गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतिले पास गरेको थियो । त्यसैगरी कोषाध्यक्ष गीता बरालले पेश गर्नु भएको आर्थिक प्रतिवेदन पनि सर्वसम्मतिले पास गरेको अध्यक्ष डा. इन्दिरा श्रेष्ठले बताउनुभयो ।

साधारण सभाले राष्ट्रिय, अन्तर्राष्ट्रिय घटनाक्रमलाई समेट्दै सात बुँदे प्रस्ताव पारित गरेको छ । प्रस्तावमा शान्ति प्रक्रिया निश्कर्षमा पुर्‍याउन, नागरिक सम्वादमा जोड दिन, कोभिड महामारीमा चुस्तदुरुस्त कार्य गर्न, उपभोक्ता अधिकारको सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । त्यसैगरी म्यानमार र अफगानिस्तानको पछिल्लो राजनीतिक घटनाक्रममा मानव अधिकारको संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराइएको छ ।

photo20211008kathmandu (1)

photo20211008kathmandu (2)

photo20211008kathmandu (3)

photo20211008kathmandu (4)

photo20211008kathmandu (5)

photo20211008kathmandu (6)

photo20211008kathmandu (7)

photo20211008kathmandu (8)

photo20211008kathmandu (9)

photo20211008kathmandu (10)

photo20211008kathmandu (11)

photo20211008kathmandu (12)

विमल पौडेल