








रौतहट । २०७८ कात्तिक ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २ कार्यालय जनकपुरधामले कात्तिक २९ गते आयोजित गरुडा नगरपालिकास्तरीय समस्या पहिचान तथा सरोकारवालाहरूको पहिचान र कार्ययोजना निर्माणको लागि मानव अधिकार समूहको बैठकसम्पन्न गरेको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको क्षेत्रमा भएका समस्याहरू र सरोकारवालाहरूको पहिचान गरी कमीकमजोरी भएको क्षेत्र तथा विषयमा कार्ययोजना निर्माण गरिएको हो ।
मानव अधिकार निगरानी समूह गरुडाका सदस्य शेख समिमले विद्यालयहरूमा खानेपानीको समस्या रहेको बताउनु भयो । मानव अधिकार निगरानी समूहकी सदस्य रिता यादवले सामुदायिक विद्यालयहरूमा बालिकाहरूलाई सेनिटरी प्याड, चेन्जरुम नरहेको र भएको ठाउँमा पनि प्रयोगमा नल्याइएकोतर्फ नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष विसुनदयाल राय यादवले समय गुज्रिएका सामानहरू बिक्री वितरण भइरहेको आरोप लगाउनु भयो ।
कोपिला तिमल्सिना