इन्सेकद्वारा विद्यालयलाइ स्वास्थ्य सामग्री प्रदान
सुर्खेत । २०७७ मङ्सिर १५ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुर्खेतले वीरेन्द्रनगर नपा १२ स्थित अम्मर ज्योति नमुना माविलाइ स्वास्थ्य, खेलकुद र ज्ञानवर्धक पाठ्यसामाग्रीप्रदान गरेको छ । बाल अधिकार मैत्री वातावरण प्रबर्धन गर्ने उद्देश्यले इन्सेकले मङ्सिर १५ गते सो माविलाई सेनेटरी प्याड मेसिन १ थान, सेनेटरी प्याड डिस्पोजल मेसिन १ थान, स्टेशनरी सेट २० थान, भलिबल ४ थान, फुटबल २ थान, बास्केटबल २ थान, स्कापिङ डोरी २० थान, व्याडमिन्टन सेट १ थान र ज्ञानवर्धक पाठ्य सामग्री ५२ थान प्रदान गरेको हो । स्वास्थ्य, खेलकुद तथा ज्ञानवर्धक सामग्री वितरण गर्दै इन्सेक केन्द्रीय कार्यालयका व्यवस्थापन विभाग प्रमुख सुभेच्छा खड्काले किशोरीहरूलााइ नियमित विद्यालय आउन तथा अन्य सबै बालबालिकाहरूको चौतर्फी विकासका लागि प्रदान गरिएका सामग्रीहरूको सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
अम्मर ज्योति नमुना माविका व्यवस्थापन समितिका अध्यक्ष टिकाराम आचार्यले विद्यालयलाई अति आवश्यक सामग्रीहरू उपलब्ध गराएकोमा इन्सेकप्रति कृतज्ञता प्रकट गर्नु भयो । प्रधानाध्यापक खगेन्द्र थापाले एक हजार ३ सय भन्दा बढी छात्राहरु अध्ययनरत सो माविका किशोरीहरूको महिनावारी अवस्थाको समस्या समाधानका लागि इन्सेकले गरेको सहयोग अविष्मरणीय रहेको बताउनु भयो । स्वास्थ्य, खेलकुद तथा ज्ञानवर्धक पाठ्य सामग्री प्रदान कार्यक्रममा इन्सेक कर्णाली संयोजक नारायण सुवेदी, इन्सेक केन्द्रीय कार्यालयका लेखा अधिकृत सुधा पौडेल, इन्सेक कर्णाली प्रदेशका फोकल पर्सन दिलबहादुर चौधरी, जनप्रतिनिधि, विव्यसका पदाधिकारीहरू, शिक्षक, बाल क्ल्वका सदस्य र विद्याथीहरूको सहभागिता रहेको थियो । यसअघि इन्सेकले वीरेन्द्रनगर नपा १० स्थित मदरसा मदिना मावि बेलघारी र जनसेवा मावि घुस्रालाई पनि यस्तै सामग्री प्रदान गरेको थियो ।
दुर्गा थापा
HUMAN RIGHTS NEWS PORTAL







