इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक सुरू

बाँके । २०७८ असार १८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय  नेपालगञ्जको  आयोजनामा इन्सेकद्वारा सञ्चालित कार्यक्रमको वार्षिक समीक्षा बैठक असार १७ गतेदेखि नेपालगञ्जमा सुरू भएको छ । बैठकमा इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले स्थानीय तहमा गरेका काम र गतिविधिबाट प्राप्त उपलब्धीहरूलाई अभिलेख गर्नुपर्ने बताउनु भयो । संयोजक महतले स्थानीय तहको नीति तथा कार्यक्रम मानव अधिकार मैत्री भए नभएको तर्फ ध्यान दिनु पर्ने बताउनु भयो । बैठकमा इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जकी कार्यक्रम अधिकृत सरस्वती मल्लले एक वर्षको अवधिमा गरेका कामको समीक्षा गर्नुको साथै आगामी दिनमा कसरी काम गर्ने भन्ने विषयमा योजना बनाउन आवश्यक रहेको बताउनु भयो । बैठकमा रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया गरी पाँच जिल्लाका जिल्ला सहजकर्ताहरूले कार्यक्रम सञ्चालित स्थानीय तहमा भए गरेका कामहरूको बारेमा जानकारी गराएका थिए ।

स्मृति देवकोटा