इन्सेक कर्णाली प्रदेशको टोलीद्वारा मानव अधिकार अनुगमन
कालीकोट । २०७८ चैत १८ गते
इन्सेक कर्णाली प्रदेश कार्यालयको टोलीले खाँडाचक्र नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार अवस्थाका बारेमा चैत १७ गते अनुगमन गरेको छ । इन्सेक कर्णाली प्रदेशका कार्यालयका संयोजक नारायण सुवेदी, कार्यक्रम फोकल पर्सन दुर्गा थापा, इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल, मानव अधिकार रक्षक सञ्जालका संयोजक डिल्लप्रसाद चौलागाई, नेपाल पत्रकार महासङ्घ कालिकोटका सचिव खडानन्द अधिकारीलगायतको संयुक्त टोलिले नगरपालिकामा शिक्षा, स्वास्थ्य खाद्य र आवासको अधिकारको अवस्थालाई जानकारी लिएको छ । मानव अधिकार अनुगमन टोलीले खाँडाचक्र नपाका प्रमुख प्रशासकीय अधिकृत जसिप्रसाद चौलागाई, शिक्षा शाखा प्रमुख, स्वस्थ्य, कृषि शाखाका प्रमुखसँग शिक्षा, स्वास्थ्य, खाद्य र आवासका सवालहरुका विषयमा छलफल गरेको छ । छलफलमा नपा प्रमुख प्रशासकीय अधिकृत चौलागाईले शिक्षा क्षेत्रमा धेरै समस्याहरू अझै कायम भएपनि गत आर्थिक वर्षको भन्दा अहिले बजटेको अनुपात बढेको जानकारी गराउनु भयो । उहाँले गत आर्थिक वर्षमा १ करोड ५१ लाख बजेट रहेकामा यो आर्थिक वर्षमा २ करोड ५७ लाख बजेट छुट्याइएको बताउनु भयो ।

स्वास्थ्य शाखाका प्रमुख रविन्द्र सेजुवाल स्वास्थ्य क्षेत्रमा बजेट घट्दो क्रममा भएपनि नगरपालिकाले स्वास्थ्य सेवा ऐन, आकास्मिक प्रसूति कोष सञ्चालन निर्देशिका बनाएर लागु भएको बताउनु भयो । कृषि शाखाका प्रमुख पर्शुराम काफ्लेले कृषि ऐन बनाउनुका साथै कृषि सेवालाई न्यायोचित बनाउन नगर प्रमुखको संयोजकत्वमा कृषि समिति गठन गरिएको बताउनु भयो । नगरपालिकाका सूचना अधिकारी महोन महराले नगरपालिकाले ऐन, कार्यविधि र नियमावली गरी ५५ ओटा कानून निर्माण गरी लागु गरिएको बताउनु भयो । यसैबिच मानव अधिकार रक्षक सञ्जालको बैठक चैत १७ गते जिल्ला सदरमुकाम मान्ममा बसेको छ । सञ्जालका संयोजक डिल्लीप्रसाद चौलागाईको अध्यक्षतामा इन्सेक कर्णाली प्रदश संयोजक नारायण सुवेदीको उपस्थितिमा बसेको बैठकले मानव अधिकारको अवस्था र निर्वाचनमा मानव अधिकार रक्षकको भूमिका विषयमा छलफल भएको थियो । यस्तै सञ्जालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा निर्वाचन पर्यवेक्षण गर्ने निर्णय गरेको छ ।
कालीबहादुर मल्ल
HUMAN RIGHTS NEWS PORTAL






