इन्सेक गतिविधिहरू इन्सेकको पहलमा आर्थिक सहयोग

हुम्ला । २०७९ चैत २४ गते

रुकुम जिल्ला पुथा उत्तरगङ्गा गाउँपालिका–६ की ३९ वर्षीया भूमिमाया घर्तिमगरलाई इन्सेकको पहलमा आर्थिक सहयोग भएको छ । मङ्सिर ८ गते हुम्लाको चंखेली गाउँपालिका–४ को पिप्लांगमा संसार घर्ती मगर बेपत्ता भएको चार महिनापछि सोही गाउँपालिका–४ को देशिखोला र कर्णाली नदिको दोभानमा चैत १२ गते शव भेटिएपछि प्रहरीले आफन्तलाई झिकाई उक्त शवलाई जिल्ला अस्पताल हुम्लामा पेष्टमार्टम गरी प्रहरीले आफन्तलाई बुझाएको थियो । घरको आर्थिक अवस्था अति कम्जोरी भएपछि मृतकका आमा भूमिमाया घर्तिमगरले इन्सेक प्रतिनिधिलाई आर्थिक सहयोग को लागि पहल गरिदिने भन्दै चैत २० गते अनुरोध गर्नु भएको थियो । चैत १५ गते  घर फर्कनु पर्ने भएपनि आर्थिक अभाव भएको भन्दै पीडितले इन्सेकलाई सहयोगको अपिल गर्नु भएको हो ।

पीडितको आग्रहमा इन्सेक प्रतिनिधिको पहलमा चैत २० र २१ गते गरी नाम्खा गाउँपालिकाले ३० हजार, पूर्वाधार विकास कार्यालयले १० हजार, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पाँच हजार, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले पाँच हजार र शिक्षा विकास तथा समन्वय इकाई कार्यालयले पाँच हजार रुपियाँ सहयोग गरेका छन् । उहाँहरूको आर्थिक अवस्था न्यून भएको भन्दै इन्सेकले गरेको आग्रहले हामीले आर्थिक सहयोग गरेको र उहाँलाई केही सहज भएको पूर्वाधार विकास कार्यालय हुम्लाका लेखा प्रमुख नविन शाहीले बताउनु भएको छ । इन्सेकको पहलमा अर्थिक सहयोग पछि पीडित परिवार सहित चार जनालाई घर जानलाई सहज भएको छ । इन्सेक प्रतिनिधिले गरेको पहलले सङ्कलित रकम रु ५५ हजार रुपियाँले घर पुग्ने भएपछि पीडितले इन्सेकलाई धन्यवाद दिनु भएको छ ।

नन्द सिंह