इन्सेक परियोजनाको अनुगमन सम्पन्न

सुर्खेत । २०७८ असोज १९ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा दैलेख र सुर्खेत जिल्लामा सञ्चालित समग्र परियोजनाको बाह्य अनुगमन कार्यक्रम असोज १८ गते सम्पन्न भएको छ । दुई सदस्यीय बाह्य अनुगमन टोलीले असोज १३ गतेदेखि दैलेख जिल्लाबाट अनुगमन शुरू गरेको थियो । अनुगमनको क्रममा असोज १३ देखि १५ गतेसम्म दैलेख जिल्लामा नारायण नपाका प्रमुख रत्नबहादुर खडका, जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी अनुपम श्रेष्ठ, मानव अधिकार समूहका सदस्य, बाल अधिकार चेतना समूहका सदस्य र सञ्चारकर्मीहरूसँग छलफल गरेको थियो ।

यस्तै टोलीले असोज १७ र १८ गते कर्णाली प्रदेश योजना आयोगका सदस्य डा.दिपेन्द्र रोकाय, वीरेन्द्रनगर नपामा प्रमुख देवकुमार सुवेदी, अधिवक्ता गीता कोइराला, नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाका अध्यक्ष ललित बसेल, हिंसा पीडित कमला खड्का, मानव अधिकार समूहका सदस्य  र बाल अधिकार समूहका सदस्यहरूसँग भेटघाट गरी परियोजनाको प्रभाव र आगामी योजनाको बारेमा छलफल गरेको थियो । अनुगमन टोलीमा अलाइन्स नेपाल प्रालिका परामर्शदाता भिम भुर्तेल र टीकाकुमारी सेन सहभागि रहनु भएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय ,सुर्खेत