कानुनी प्रकृयामा जानका लागि पीडितलाई इन्सेकको सहयोग

सुर्खेत । २०८१ असार १९ गते

आर्थिक अवस्था कमजोर भई कानुनी प्रकृयामा जान नसकेकी सिम्ता गाउँपालिका – ६ राकमकी ६१ वर्षीया अमृती बुढालाई असार १९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ । एकल महिला भएकाेले देवरहरुले अंशवण्डाकाे नाममा मानसिक यातना दिँदै आएकाे पीडितले बताउनु भयाे ।  हि‌सा गर्न थालेपछि देवरहरु विरुद्ध जिल्ला अदालत सुर्खेतमा ०८१ जेठ १४ मुद्दा दायर गर्नुभएको छ ।

अदालतमा मुद्दाको लागि आवतजावतमा समस्या भएको भन्दै पीडितले आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि  कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा जेठ १४ गते निवेदन दिनुभएको थियो । पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको ०८१ जेठ ३१ गते बसेको बैठकको निर्णय अनुसार नगद आठ हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।

जगतदल जनाला विक