








सुर्खेत । २०८१ असार १० गते
आर्थिक अवस्था कमजोर भइ कानुनी प्रकृयामा जान नसकेकी दैलेख जिल्लाकोको नारायण नगरपालिका–२ भैसीखोरकी २० वर्षीया देवि रावतलाई असार ९ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालय, सुर्खेतले कानुनी प्रकृयामा जानका लागि आर्थिक सहयोग गरेको छ ।
देविकाको १७ वर्षीय भाई रविन्द्र रावतको जेठ ३ गते सोही नगरपालिका –४ को तामेखोलामा माछा मार्न गएको बेला नौमुले गाउँपालिका–१ का ४१ वर्षीय प्रिती थापा मगरको समूहले मरणासन्न हुने गरी कुटपिट गरेका कारण टाउको, छाती लगायतका स्थानमा चोट लागेकोले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । ज्यान मार्ने गरी कुटपिट गरिएकोले थप कानुनी प्रकियामा जानका लागि सहयोग गरिएको हो ।
अदालतमा मुद्दाको लागि आवतजावतमा समस्या भएको भन्दै पीडितले आर्थिक समस्या र कानुनी प्रकृयामा जानका लागि कानुनी शुल्कमा समस्या भएपछि पीडितले आर्थिक सहयोगको माग गर्दै इन्सेकमा जेठ २३ गते निवेदन दिनुभएको थियो ।
पीडितको निवेदनको आधारमा मानव अधिकार सहायता कक्षको जेठ ३२ गते बसेको बैठकको निर्णय अनुसार नगद २० हजार रुपियाँ आर्थिक सहयोग गरेको इन्सेकका कर्णाली प्रदेश संयोजक नारायण सुवेदीले जानकारी दिनुभयो । पीडितलाई न्यायिक प्रकृयामा जाँदा लाग्ने निवेदन शुल्क, फोटोकपी र यात्राखर्च लगायतका शीर्षकमा सहयोग पुग्ने उद्देश्यले उक्त रकम सहयोग गरिएको संयोजक सुवेदीको भनाइ छ ।
जगतदल जनाला विक