








बाँके । २०८१ साउन ९ गते
खजुरा गाउँपालिका–२, के गाउँकी २३ वर्षीया महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेकले ०८१ साउन ९ गते १० हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
पीडितले आफूलाई चार/पाँच वर्ष देखि नै घरेलु हिंसा, शारीरिक, मानसिक तथा यौन हिंसा गरेको र पटक पटक परिवारमा छलफल गरे पनि थप हिंसा गरेको भन्दै न्यायका लागि पहल साथै आर्थिक सहयोग गरिदिन इन्सेक समक्ष साउन ३ गते आग्रह गर्नुभएको थियो ।
आफूमाथि हिंसा भएको भन्दै पीडित इन्सेकमा आएपछि इन्सेकको सहयोगमा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा साउन ३ गते उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरीले सोही दिन दुवै पक्षलाई राखेर छलफल गराएको तर पनि मिल्न नसक्ने भएपछि कानुनी प्रक्रियामा सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधिले बताउनु भयो ।
ध्रुबराज शर्मा