कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक
धनुषा । २०८१ असार ३० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बटेश्वर गाउँपालिकामा गठित मानाव अधिकार समूहले ०८१ असार २४ गते मानव अधिकार समूहको कार्ययोजना तथा वार्षिक कार्यक्रमको समीक्षा बैठक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहबाट शिक्षा, स्वास्थ्य, वातावरण, महिला हिंसा र सबै प्रकारका समस्याहरूबारे समीक्षा गर्दै आगामी कार्ययोजना र रणनीतिक योजना सम्बन्धमा निर्णय गरेको छ ।
उक्तबाट बटेश्वर गाउँपालिकाका अध्यक्षलाई विभिन्न कार्यक्रम र नीति निर्माण कार्यन्वायन सम्बन्धि ध्यानाकर्षण पत्र बुझाएको र ७५ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका दिन बटेश्वर गाउँपालिका वडा नं ५ शान्तिपुरस्थित मस्लिम टोलमा रहेको मदरसाको प्राङ्गनमा वृक्षरोपण कार्यक्रम, १६ दिने लैङ्गिक महिला हिंसा दिवसका दिनमा बटेश्वर गाउँपालिका वडा नं ४ मा हस्ताक्षर क्याम्पिङ कार्यक्रम, विभिन्न विद्यालयका बाल अधिकार सचेतना समूहले सडक नाटकमा सहभागिता, ११४ औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रभातफेरी कार्यक्रममा, गाउँपालिकाका मानव अधिकार समूहको सहभागिता रहेको छ । इन्सेकद्वारा बटेश्वर गाउँपालिकामा सञ्चालित शिक्षा कार्यक्रम अन्तरगतका शिक्षा, स्वास्थ्य, वातावरण र विभेद तथा महिला हिंसा न्यूनीकरणलगायतका कार्यक्रमहरूको सफलतापूर्ण कार्यन्वयनका लागि बटेश्वर गाउँपालिकाका मानव अधिकार समूहको निरन्तर साथ, सहयोग र सहभागिता रहने मानव अधिकार समूहका अध्यक्ष सुरज महत्तोले बताउनु भयो । कार्यक्रमको सहजिकरण इन्सेक धनुषा जिल्ला सहजकर्ता शिवजी परियार गर्नुभयो
सन्तोषकुमार यादव