कृत्रिम बौद्धिकता तथा मानव अधिकार विषयक कार्यशाला गोष्ठी सम्पन्न

बाँके । २०७७ फागुन ९ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), सोच नेपाल र आइसीएनएलको संयुक्त आयोजनामा  कृत्रिम बौद्धिकता र मानव अधिकार विषयक कार्यशाला गोष्ठी फागुन ९ गते नेपालगञ्जमा सम्पन्न भएको छ । कार्यक्रमका सहभागीहरूले कृत्रिम बौद्धिकताको गलत प्रयोगले गोपनियता,  सुरक्षा, लगायतका विषय जोखिमपूर्ण बन्दै गएको औंल्याइएका छन्  । कार्यक्रममा आसिएनएलका नेपाल प्रतिनिधि उत्तम उप्रेतीले समय अनुसारको बढ्दो नयाँ प्रविधिले गर्दा आगामी दिनहरूमा  आउन सक्ने समस्याका बारेमा सचेत हुनु पर्ने बताउनु भयो  ।

अधिकाकर्मी प्रकास उपाध्यायले कृत्रिम बौद्धिकताको सही रूपमा प्रयोग गर्नुपर्ने कुरामा जोड दिँदै यसको गलत प्रयोगले समाजमा नकारात्म प्रभाव बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए । औजारहरूको आयात गर्दा यसले पार्न सक्ने नकारात्मक  आकलन गर्ने र  यसलाई नियमन गर्न राज्यले आवश्यक कानुन निमार्ण गर्नु पर्ने बताउनु भयो  । कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश  प्रमुख भोला महले कृतिम बौद्धिकता तथा मानव अधिकार विषय नौलो सुनिए पनि यसले समाजमा प्रभाव पारी सकेको बताउदै  कृत्रिम बौद्धिकताको प्रयोग गर्दा हुने जोखिम र असुरक्षाको बारेमा चेतना फैलाउनु पर्ने बताउनु भयो । जिल्लामा क्रियाशील अधिकारकर्मी, नागरिक सङ्घ संस्थाका प्रतिनिधि, कानुन व्यवसायी र  सञ्चारकर्मीको सहभागिता रहेको  कार्यक्रमको सहजीकरण आइसीएनएलका नेपाल प्रतिनिधि उत्तम उपे्रतीले गर्नु भएको थियो ।

स्मृति देवकोटा