कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक कार्याशाला सम्पन्न

कैलाली । २०७७ फागुन १० गते

 

अनौपचारिक क्षेत्र सेवा  केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी, आइसीएनएल र सोच  नेपालको संयुक्त आयोजनामा कृत्रिम बौध्दिकता तथा मानव अधिकार विषयक प्रदेश स्तरीय कार्याशाला गोष्ठी फागुन १० गते धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा आइसीएनएल, नेपालका प्रतिनिधि उत्तम उप्रेतीले कृत्रिम बौध्दिकता र मानव अधिकारको विषयमा प्रस्तुतीकरण गर्नु भएको थियो । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले कृत्रिम बौध्दिकता र मानव अधिकार नयाँ विषय भएको हुँनाले यसको नकारात्मक असरबारे राज्यका नीति निर्माताहरुसँग छलफल गर्नु पर्ने बताउनु भयो ।

शिक्षा अनुगमन समिति, प्रदेश समितिका संयोजक शेरबहादुर बस्नेतले कृत्रिम बौद्धिकताको दुरुपयोगले प्रबिधि प्रणालीमा राखिएको कार्यालयको डाटा असुरक्षित रहेको बताउनु भयो । अधिवक्ता जोहारीलाल चौधरीले कानुनी रुपमा कृत्रिम बौध्दिकताको आधारमा प्रविधि अनुसार विद्युतिय जनशक्तीको व्यवस्थापन राज्यले गर्नु पर्नेमा जोड दिनु भयो ।

एड्जस नेपालकी अध्यक्ष चित्रा पनेरुले कृत्रिम बौध्दिकताका कारण आर्थिक, सामाजिक तथा संस्कृतिक अधिकारमा प्रत्यक्ष असर पर्ने हुनाले राज्यले प्रविधि प्रयोग गर्ने समुहलाई लाइसेन्स दिएर मात्र सञ्चालन गर्न  दिनु पर्ने बताउनु भयो । अधिवक्ता बिरबहादुर जेठाराले विज्ञान प्रविधिले मानव जिवन सरल र सहज बनाउनुका साथै अपराधिक गतिविधि पनि बढेका कारण हामी सबैले सतर्कता अपनाउनु पर्ने र राज्यले यस्ता अपराधिक गतिविधिलाई नियन्त्रण गर्नु पर्ने बताउनु भयो  ।

इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले कृत्रिम बौध्दिकता सुचना प्रविधिसँग जोडिएको र कृतिम बौध्यकता प्रयोगमा ल्याएका मुलकहरुमा यसले पारेको नकारात्म प्रभावलाई ध्यानमाराखि कृतिम बौध्दकताको बिकास गर्न राज्यका निकायले ध्यान दिनु पर्ने बताउनु भयो । दलित महिला अधिकार मञ्चकी, अध्यक्ष सावित्रा घिमिरेले मानव जिवनमा प्रविधिले जति सहता ल्याएको भएपनि यसको दुरुपयोगले जोखिम बढेको र राज्यले नीति नियम बनाएर नियमन गर्नु पर्ने बताउनु भयो । पत्रकार निर्मला खडायतले कृत्रिम बौध्दिकतामा युवाहरुको सङ्लग्नता बढी भएकाले यसको दुरुपयोग पनि बढीरहेको बताउँदै यसको जोखिम बारे जनसमुदायमा ब्यापक जनचेतना फैलाउनु पर्ने बताउनु भयो ।

मैनामोती चौधरी