क्षमता अभिवृद्धि तालिम सुरू

बाँके । २०७७ असोज २२ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अयोजनामा  कियोस परियोजना सञ्चालित राप्ती सोनारी गाउँपालिकामा असोज २२ गतेदेखि क्षमता अभिवृद्धि तालिम सुरू भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा  न्यायिक समितिका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूलाई   प्रदान गरिने छ । इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले कार्यक्रमले अधिकारबाट बञ्चित व्यक्तिहरूका समस्या समाधानमा मद्दत पुग्ने बताउनु भयो । राप्तिसोनारी गाउँपालिका उपाध्यक्ष धनि खत्रीले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनु भयो ।

मौलिक हक र न्यायिक समितिको काम कर्तव्य र  अधिकारका विषयमा राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख चन्द्रकान्ता चापागाई,  मानव अधिकारको अवधारणा विषयमा अधिवक्ता सुरेश गौतम, आर्थिक, सामाजिक तथा संस्कृतिक अधिकार विषयमा इन्सेकका भोला महत र परियोजनाका विषयमा  फोकलपर्सन सरस्वती मल्लले  सहजिकरण गर्नु भएको थियो । न्यायिक समितिका सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूलाई मानवअधिकारको अवस्थाबारे जानकारी दिन , शिक्षा, स्वास्थ्य, खाद्य र आवासका हक अधिकार सम्बन्धी   जवाफदेही बनाउन कार्यक्रम सञ्चालन गरिएको मल्लले बताउनु भयो ।

स्मृति देवकोटा