खाद्य अधिकारका सम्बन्धमा अन्तरक्रिया

सप्तरी । २०७८ पुस २८ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बाट सञ्चालित ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने’ इएलपी परियोजना अन्तर्गत राजविराजमा पुस २७ गते खाद्य अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा शिक्षक, अभिभावक, खाद्यसँग सम्बन्धित व्यक्तिहरू र विद्यार्थीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका खाद्य अनुसन्धान अधिकृत सुरेश सिंहले स्वस्थ्य भोजन नै स्वस्थ्य जीवन भएकाले भौतिक, रसायनिक र जैविक जोखिमबाट भोजन मुक्त हुनुपर्ने बताउनु भयो ।

 

बजार अनुगमन, सीप हस्तान्तरण र सचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिनुुहँदै सिंहले समग्र खाद्यलाई सुरक्षित राख्न उपभोक्ता सजग हुनुपर्ने बताउनु भयो । सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले खानाका लागि बाँच्ने नभई बाँच्नका लागि खानुपर्ने भएकाले स्वास्थ्यबद्र्धक र पोषणयुक्त खानापिनको वातावरणको माग गर्नु भयो । पत्रकार दिनानाथ यादवले बजारमा पाइने तरकारी, नास्तामा रसायनिक, हाइड्रो, क्याफिनको प्रयोग हुने भएकाले नियमित संयुक्त अनुगमन हुनुपर्ने माग गर्नु भयो । उपभोक्ता सचेत भएमा मात्र जिम्मेवार निकायलाई जबाफदेही बनाउन सकिने बताउँँदै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले खाद्यको अधिकारलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ राखेर स्थानीय तहले कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।

विद्यार्थी आकाश साहले कतिपय खाद्य सामग्रीमा पूर्ण लेबल नहुने गरेको, म्याद नलेखएिको वा लतपतिएर नबुझिने हुने गरेको गुनासो गर्नुभयो । रानु अर्यालले गुणस्तरीय आयातमा ध्यान नदिनाले बजारमा पाइने तरकारीमार्फत उपभोक्ताले विषादी खनु परेको आरोप लगाउनु भयो । नेपाल स्वास्थ्य फुड संयोजक प्रदिपकुमार मण्डलले विद्यालयहरूमा बिस्कुट, चाउचाउजस्ता फास्टफुड निषेध गरिए पनि खुवाउने गरिएको बताउनु भयो । मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबीर साहले खाद्य सुरक्षा तथा खाद्य सम्प्रभुतासम्बन्धी माौलिक हकलाई कार्यान्वयन गर्न उपयुक्त संयन्त्र निर्माण गर्नुपर्ने र खाद्यमा नागरिकको पहुुँच सुनिश्चित हुनुपर्ने बताउनु भयो ।

मनोहरकुमार पोखरेल