खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न

कपिलवस्तु । २०७७ पुस २३ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक ) कपिलवस्तुको आयोजना र मानव अधिकार समूह बाणगङ्गाको समन्वयमा बाणगङ्गा नगरपालिकामा पुस २२ गते खाद्य अधिकारको अवस्था विषयक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रमका बाणगङ्गा नगरपालिकाका सामाजिक विकास संयोजक भिष्मराज भुसालले इन्सेकले सञ्चालन गरेको कार्यक्रमले जिम्मेवार निकायलाई जवाफदेही बनाउनुको साथै जिम्मेवारी बोध गराएको बताउनु भयो । भुसालले  नागरिकको आधारभुत आवस्यकता भनेको शिक्षास्वास्थ्य, आवास र खाद्य अधिकार भएकोले यी समस्या रहुन्जेल नगरपालिका सम्वृद्ध हुन नसक्ने महशुस गरेको बताउनु भयो । उहाँले शिक्षास्वास्थ्य खाद्य र आवास सम्बन्धी कार्यक्रममा बजेट वृद्धि गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कृषि शाखा अधिकृत सन्तोष कुमार भुसालले इन्सेकले समय समयमा उठान गराएका खाद्य सम्बन्धी सवालमा नगरपालिकाको ध्यान गएको बताउदै कृषिमा विगतको भन्दा बजेट वृद्धि भएको बताउनु भयो । कृषि शाखाले किसानहरूको मागका आधारमा बजेट बनाउने गरेको भन्दै पारदर्शी रुपमा राज्यले दिने सेवा सुविधा उपलब्ध गराएको बताउनु भयो ।

पार्वती आचार्य