गाउँपालिका स्तरीयसमस्या पहिचान तथा कार्ययोजना निर्माण बैठक सम्पन्न
कपिलवस्तु । २०७९ कात्तिक ८ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगत मायाँदेवी गाउँपालिका स्तरीय समस्या पहिचान तथा समूहको वार्षिक कार्य योजना बैठक कात्तिक ५ गते सम्पन्न गरेको छ । मानव अधिकार समूहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक विभेद लगायतका अधिकार सम्बन्धी समस्या पहिचान, तथा सरोकारवाला निकायको पहिचान गर्नुको साथै वार्षिक कार्ययोजना निर्माण गरेको हो । बैठकमा समस्यासँग सरोकार राख्ने सरोकारवालाहरूको पहिचान गर्ने र समस्याहरू समाधानकालागि कार्ययोजना बनाई काम गर्नेसर्वसम्मत निर्णय गरिएको समूहका सचिव सुन्दरी लोनियाले बताउनु भयो ।
यसैगरी, सामुदायिक विद्यालयमा विद्यार्थी अनुपातमान शिक्षक दरबन्दी मिलान भए नभएको पहिचान गर्ने , पाठ्यपुस्तक प्रयाप्त भए नभएको पहिचान गर्ने , भौतिक अपाङ्ग मैत्री भवन आचार संहिता २०६९ कार्यान्वयन भए नभएको पहिचान गर्ने , लैंगिक सामाजिक समावेशी निती २०७९ नमुना बनाउन मायाँदेवी गाउँपालिकालाई ध्यानाकर्षण गराउने निर्णय गरिएको छ । स्वास्थ्य बिमा , छाडा चौपाया व्यवस्थापन , सार्वजनिक शौचालय निर्माण , सामुदायिक विद्यालयको अनुगमन गरी समस्या पहिचान गर्ने , विद्यालयमा निशुल्क बितरण गर्ने सेनेटरी प्याड , घरेलु तथा लैगिंक हिंसा न्यूनिकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने , सम्बन्धित पालिका र वडासँग बिभिन्न अभियान सञ्चालनकालागि कार्यक्रम माग गर्ने निर्णय भएको छ । कार्यक्रममा नेपाल सरकारबाट निशुल्क उपलब्ध औषधि प्रयाप्त भए नभएको, बर्थिङ सेन्टरमा अनुगमन गरी ध्यानाकषर्ण गराउने, लैंङ्गिक विभेद ,बाल विवाह जस्ता समस्याको पहिचान गरी समाधानकालागि कार्य गर्ने निर्णयहरू गरिएका थिए ।
पार्वती आचार्य