घरेलु हिंसा घटनाकी पीडितलाई इन्सेकद्वारा आर्थिक सहयोग
धनुषा । २०८१ असार ३० गते
औरही गाउँपालिका-३ कप्टोलकी घरेलु हिंसा घटनाकी पीडित ३० वर्षीया नजिमा खातुनलाई ०८१ असार २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) अन्तर्गत रहेको मानव अधिकार सहायता कक्षद्वारा आर्थिक सहयोग प्रदान गरिएको छ ।
पीडित महिलाको औरही गाउँपालिका वडा नं ३ का ४० वर्षीय इसुफ नदाफसँग १५ वर्ष अगाडि समाजिक परम्परागत अनुसार विवाह भएको थियो । विवाह भएको तीन महिना पछि पति इसुफ नदाफ वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब गएको, हालसम्म पनि पर्केर नआई सम्पर्क बिहिन भएको र घर व्यवहार चलाउन पैसा नपठाउँदा जीवनयापन गर्न गाह्रो भएकोले न्यायका लागि पहल र आर्थिक अवस्था कमजोर रहेकोले आर्थिक सहयोग गरिदिनुहुन भनि विनम्र अनुरोधका साथ इन्सेक धनुषा जिल्ला प्रतिनिधि मार्फत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयमा निवेदन दिएको पीडित महिलाले बताउनु भयो ।
अनौपचारिक क्षेत्रसेवा केन्द्र (इन्सेक) मधेस प्रदेशका प्रलेख अधिकृत मोहनकुमार चौधरीले धनुषा जिल्ला प्रतिनिधि सन्तोषकुमार यादवको उपस्थितिमा पीडितलाई १० हजार रुपियाँ बराबरको आर्थिक सहयोग चेक मार्फत हस्तान्तरण गर्नु भयो ।
पीडितले ०८१ वैशाख २७ गते जिल्ला प्रहरी कार्यालय धनुषामा सम्पर्कविहीन रहेको पतिको खोजतलास र न्यायका लागि उजुरी दिएको पीडितका बुवा मो.सलिम नदाफले बताउनु भयो । यसैगरी, वैदेशिक रोजगारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूसँग समन्वय र सहकार्य गरी खोजी कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रन्जन आवाले बताउनु भयो ।
सन्तोषकुमार यादव