छाउपडी प्रथा न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन
दैलेख । २०८० माघ ४ गते
इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा दुल्लु नगरपालिकामा–७ मा रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गठित बाल अधिकार समूहको समन्वयमा माघ ०२ गते छाउपडी प्रथा न्युनिकरणसम्बन्धी सडक नाटक प्रदर्शन कार्यक्रम सम्पन्न भएको छ । सडक नाटक प्रदर्शन कार्यक्रममा बोल्दै श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा किर्तिखम्बका नि.प्रधानाध्यपक लोकेन्द्र भण्डारीले व्याप्त रहेको छाउपडी प्रथा न्युनिकरण गर्न यस्ता सडक नाटकले अहम भुमिका निर्वाह गर्ने बताउनु भयो ।
दुल्लु नगरपालिकामा छाउपडी प्रथा न्युनिकरणका लागि सचेतना अभिबृद्धि गर्ने उद्देश्यले आयोजित सडक नाटक प्रदर्शन कार्यक्रममा अभिभावक, विद्यालय व्यवस्थापन समितका सदस्य, जनप्रतिनिधी, शिक्षक, बाल अधिकार समुहका सदस्यहरुको उपस्थिती रहेको थियो ।
सुनिता सुनार