जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध सडक नाटक प्रदर्शन

दैलेख । २०८० जेठ २ गते

इन्सेकद्वारा दुल्लू नगरपालिका– ७ स्थित नेपाल राष्ट्रिय मावि र्कितिखम्बमा गठित बाल अधिकार समूहको आयोजनामा ०८० वैशाख ३१ गते जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्घ सडक नाटक प्रदर्शन भयो । जातीय विभेदले जरो गाडेको दुल्लु नपामा यसको न्युनिकरण गर्ने उद्देश्यले जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध प्रदर्शन गरिएको सडक नाटकले विभेद गर्ने समुदायलाई खबरदारी गरेको सो माविका शिक्षक लोकेन्द्र भण्डारीले बताउनु भयो । सडक नाटक प्रर्दशन कार्यक्रममा जनप्रतिनिधि, मानव अधिकार समुहका सदस्य, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक, बाल अधिकार समूहका सदस्य र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

   

इएलपी परियोजना अन्तर्गत चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ स्थित जयदेव मावि जम्बकाँधमा गठित बाल अधिकार समूहको आयोजनामा ०८० वैशाख ३१ गते र चामुण्डाविन्द्रसैनी– ६ स्थित जयदेव माविमा गठित बाल अधिकार समुहको आयोजनामा वैशाख २९ गते जातीय छुवाछुत तथा लैङ्गिक विभेद विरुद्ध सडक नाटक प्रदर्शन गरिएको सहजकर्ता कलमबहादुर नेपालीले बताउनु भयो । यसैगरी चामुण्डा विन्द्रासैनी नगरपालिका – ५ स्थित जनता मावि बस्तेकोटमा गठित बाल अधिकार समुहको आयोजनामा वैशाख २७ गते बाल विवाह विरुद्ध, जयदेव मावि जम्बुकाँध र दुल्लु नगरपालिका–९ स्थित प्रेमदेवी माविमा वैशाख २६ गते बाल विवाह विरुद्ध सडक नाटक प्रदर्शन गरिएको थियो ।

इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेत