जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न

बाँके । २०७७ पुस १२ गते

 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा पुस १०११ र १२ गते   जिल्ला प्रतिनिधि भेला तथा वार्षिक सम्पादन बैठक सम्पन्न भएको छ । सम्पादन भेलामा लुम्बिनि प्रदेश अन्तरगतका जिल्लाहरूमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सन् २०२० को जनवरीदेखि डिसेम्बरसम्म  सङ्कलन गरिएका घटनाहरूको सम्पादन गरिएको छ ।

कार्यक्रममा इन्सेक लुम्बिनी प्रदेश प्रमुख भोला महतले देशमा बदलिदो राजनीतिक परिस्थितीमा जिल्लामा मानव अधिकार उलङ्घन घटना बढ्न सक्ने भएकाले जिल्ला प्रतिनिधिले चनाखो भएर अनुगमन र अभिलेखीकरण गर्नुपर्ने बताउनु भयो । इन्सेक केन्द्रीय कार्यालयका अधिकृत गोविन्द त्रिपाठीले घटनाहरूको तिथी मिति अद्यावधिक गर्नुपर्ने बताउनु भयो । इन्सेक केन्द्रीय कार्यालयका तथ्याङ्क अधिकृत अनुज केसीले घटना सफ्टवयरमा प्रविष्ट गर्दा सफ्टवयरले मागेका सूचनाहरू अनिवार्य राख्नुपर्ने बताउनु भयो । भेलामा उपस्थित जिल्ला प्रतिनिधिहरूले जिल्लाको मानव अधिकार अवस्थाकाबारेमा जानकारी गराएका थिए ।

स्मृति देवकोटा