जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन
प्यूठान । २०७७ चैत ९ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा चैत ९ गते जिल्ला स्तरीय मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ । मानव अधिकारको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरू असुरक्षित भइरहेको परिपेक्षमा अधिकारको क्षेत्रमा वकालत गर्दै पीडितलाई न्याय दिलाउने र पीडकलाई कानुनको दायरामा ल्याउन सहयोग पु¥याउने उदेश्यले सञ्जाल गठन गरिएको हो ।
अधिकारकर्मी पार्वता आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । सदस्यहरूमा गैसस महासङ्घका अध्यक्ष नेत्रमणी आचार्य, सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष दामोदर शर्मा, राष्ट्रिय अपाङ्ग सेवा संघ प्यूठानका अध्यक्ष जुमानसिंह केसी, मानव अधिकार संगठनका अध्यक्ष मेघराज भट्ट, जिल्ला बार प्यूठानका कोषाध्यक्ष महेन्द्र न्यौपाने, हरप्लेस प्यूठानका कार्यक्रम संयोजक पम्फा पन्त, महिला मानव अधिकार रक्षक सञ्जालको सदस्य उजेली विक, पत्रकार महासंघ प्यूठानका सचिव बिजयसिंह भारती, आदिवासी जनजाती महासंघका सल्लाहकार टि.एस. गुरुङ र सदस्य सचिवमा इन्सेक जिल्ला प्रतिनिधि रविन्द्र पाण्डे रहनु भएको छ ।
रविन्द्र पाण्डे