दई दिने क्षमता अभिवृद्धि तालिम मनहरीमा सम्पन्न
मकवानपुर । २०७९ फागुन २८ गते
अनौपचारिक क्षत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा मकवानपुरको राक्सिराङ गाउँपालिकामा गठन भएको मानव आधिकार समूहका सदस्य र सरोकारवालाहरूको लागि सञ्चालन भएको दुईदिने क्षमता अभिवृद्धि तालिम मनहरी एफ एम को सभाहलमा ०७९ फागुन २६ गते सम्पन्न भयो । कार्यक्रममा सभाअध्यक्ष लगाएत प्रमुख अतिथि र विभिन्न अतिथिहरूले सुभकामना सहितको आआफ्नो मन्तव्य राख्नु भएका थियो । यदि समाज परिवर्तन गर्नु छ भने त्यो कुरा परिवारबाट सुरु गर्नुपर्छ र त्यसको लागि हरेक आमा शिक्षित हुनुपर्ने मानव अधिकार समूहका संयोजक तथा कार्याक्रमको अध्यक्षयता ग्रहण गर्नुभएको चन्द्रमान प्रजाले बताउनु भयो । अहिले पनि यहाँ छोराछोरीलाई शिक्षा दिँदा भेदभाव गरिन्छ । गिटी बालुवा उत्खनन्ले हाम्रो वातावरणमा नकारात्मक प्रभाव परिरहेको छ । शिक्षा, स्वास्थ्य र स्वछ वातावरण हाम्रो जन्मसिद्ध अधिकार हो तर पनि हामी यहि अधिकारबाट बन्चित छौँ । यो समस्याबाट राक्सिराङका जनतालाई सहज अनुभुति दिलाउन यहाँ गठन भएको मानव अधिकार समूहले सक्दो प्रयास गर्ने प्रजाले भन्नुभयो । जनताका अधिकार स्थापित गर्न स्थानीय सरकारलाई सधैँ झक्झकाउने काम गर्ने र विद्यार्थीको विद्यालय छोड्ने सङ्ख्यामा कमि ल्याउन पालिकामा रहेका ५३ ओटा सामुदायिक विद्यालयमा स्थानीय स्तरबाट आर्थिक सङ्कलन गरी कक्षा १० सम्मका विद्यार्थीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने प्रजाले बताउनु भयो । समाजमा विभेद हटाउन र नैसर्गीक अधिकार स्थापित गर्न मानव अधिकार समूह विभेदको विरुद्ध बोल्ने र उक्त समूहका आम जनताको बोली बोल्ने राक्सिराङ गाउँपालिकाका उपाध्यक्ष वनसथम थिङले बताउनु भयो । जनताको आवाज उठाउँदा कुनै हातहतियारको सामना गर्न पछि नपर्ने, मानव अधिकार समूहले राक्सिराङका जनताको शान्तिका लागि र जनताको शिक्षाको लागि जनता र स्थानीय सरकारबीच सेतुको रुपमा स्थापित हुने कुरा थिङले व्यक्त गर्नुभयो । इन्सेकले यो कार्यक्रम आफ्नो पालिकामा लागु गरेकोमा उपाध्यक्ष थिङले धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै राक्सिराङ गाउँपालिका वाडा नं ५ का वाडा अध्यक्ष हरि बहादुर प्रजाले पालिकामा कार्यविधि बनाउँदा मानव अधिकार र बालअधिकारलाई प्राथमिकतामा राखेर बनाउने कुरा व्यक्त गर्नुभयो । इन्सेकले सधैँ जनता र सरकारबीच शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धित अधिकारहरू माग गर्दा आवश्यकताको आधारमा गर्ने इन्सेक बागमती प्रदेश कार्यालयका संयोजक गणेश भण्डरीले बताउनु भयो । पालिकामा आएका सेवा सुविधाहरू सहज रुपमा सबै जनताले अनुभुति गरुन् भन्ने इन्सेकको उदेश्य हो भन्दै मानव अधिकारको अवधारण र मौलिक अधिकारमा भिन्नता, मानव अधिकारका शिद्धान्त,आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, नेपालको संविधानमा निहित मौलिक हकहरू र मानव अधिकार समूहका सदस्यहरूका काम र कर्तव्य आदिका बारेमा संयोजक भण्डरीले सहजिकरण गर्नुभएको थियो । इन्सेक बागमती प्रदे्श कार्यालयका कार्यक्रम अधिकृत बालुका न्यौपानेले हाल यो कार्यक्रम १४ जिल्लामा रहेका २८ ओटा पालिकामा लागु भएको उल्लेख गर्नुभयो । यस कार्यक्रमको उदेश्य महिला, बालबालिका, दलित तथा पिछडिएका अन्य अल्पसङ्ख्यक र जोखिममा परेका सममुदायको आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरी शिक्षा, स्वस्थ्य र वातावरणको अधिकारको विषयमा कानुनी प्रावधानहरूको पहुँचमा वृद्धि गर्नुपर्ने न्यौपानेले बताउनु भयो ।
इन्सेक बागमती प्रदेश कार्यलय, हेटौँडा