दुर्व्यसनी विरुद्ध सडक नाटक प्रदर्शन
सुर्खेत । २०८० वैशाख २५ गते
पन्चपुरी नगरपालिका– ५ बाबियाचौरमा इन्सेकद्धारा गठित विद्याज्योति सहनशिल बाल अधिकार समुहको आयोजनामा दुर्व्यसनी विरुद्ध सडक नाटक ०८० वैशाख २३ गते बाबियाचौरमा सम्पन्न भयो । इएलपी परियोजना अन्र्तगत गठित समुहको आयोजनामा लागु पदार्थ, धूम्रपान र मध्यापान सेवनले स्वास्थ्यमा पार्ने असरका बारेमा सचेतना फैलाउन सो सडक नाटक प्रर्दहन गरिएको हो ।
सडक नाट समापनमा बोल्दै पञ्चपुरी नपा ५ का अध्यक्ष नगेन्द्रबहादुर शाहीले मध्यपान, धुम्रपान र लागु पदार्थ सेवन गरी कुलतमा फस्नबाट रोक्न यस्ता सडक नाटक अभियान कै रुपमा गाउँगाउँमा संचालन गर्नुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रदेश स्तरीय मानव अधिकार रक्षक संजालका संयोजक पदम सार्की, विद्यालय व्यवस्थापन समितिका सदस्य, शिक्षक, बाल अधिकार समुहका सदस्य, विद्यार्थी र स्थानीबासीको उपस्थिती रहेको थियो ।
प्रभाकुमारी रावत