नगरपालिकालाई मानव अधिकार समूहद्वारा ज्ञापनपत्र

मकवानपुर । २०८० वैशाख १८ गते

शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेद अधिकारसहित संविधान प्रदत्त मौलिक हकको कार्यान्वयन र सोही अनुसार पालिकाको समस्याहरू समाधान गर्न माग गर्दै मानव अधिकार समूह निर्मला थापाको अध्यक्षतामा कालिका नगरपालिकालाई ०८० वैशाख १७ गते गते ज्ञापनपत्र बुझाएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इन्सेक परियोजनाका लागि नगरपालिकामा गठन गरिएको मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेदका सवाल समेट्न माग गरी ज्ञापनपत्र बुझाएको हो । कालिका नगरपालिका मानव अधिकार समूहको ०७९ असोज २६ गते निर्मला थापाको अध्यक्षतामा गठन भएको २१ सदस्यीय समूहले पालिका भित्र सामाजिक कार्यहरू गर्दै आइरहेको ज्ञापनपत्रमा उल्लेख गरेको छ । इन्सेक बागमती प्रदेश कार्यालय हेटौँडाले नगरपालिकामा मानव अधिकार शिक्षा कार्यक्रम सञ्चाल गर्दै आएको छ ।

मानव अधिकारका सवाललाई स्थानीय सरकारले प्रभावकारी रुपमा सञ्चालन गरी मानव अधिकारमैत्री पालिका निर्माण गर्ने र मानव अधिकार शिक्षा कार्यक्रम अर्न्तगत कालिका नगरपालिकामा मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, वातावरण र जातीय विभेदका सवाललाई सामूहिक भेला, छलफल, बहस, गोष्ठि तथा शिविरहरूको समस्या पहिचान गरी स्थानीय तहलाई जिम्मेवार तथा जबाफदेहि बनाउने गरेका छ । मानव अधिकार समूहले ०७९ चैत २८ गते कालिका नगरपालिका-८ को वडा कार्यालयमा समस्या पहिचान बैठक सम्पन्न गरेको थियो । समस्या पहिचान कार्यक्रममा १ नं वडा देखि ११ नं वडा सम्मका सरोकारवालाहरू, वडा सदस्य, वडा अध्यक्ष, कर्मचारीको उपस्थित रहेको थियो । मानव अधिकार समूह तथा सरोकारवालाहरूले पहिचान गरीएका समस्याहरू ज्ञापनपत्रमा समेटिएको छ ।

इन्सेक बागमती प्रदेश कार्यालय, हेटौँडा