नेपालगञ्जमा फोरम थिएटर कार्यशाला सुरू
बाँके । ०७९ पुस २८ गते
इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फोरम थिएटर कार्यशाला पुस २७ गते देखि नेपालगञ्जमा सुरू भएको छ । तीन दिनसम्म चल्ने उक्त कार्यशालामा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका बाल अधिकार चेतना समूहमा आवद्ध बालबालिका रहेका छन् । कार्यक्रममा मानव अधिकार शिक्षा विभाग प्रमुख मदन पौडेलले मानव अधिकारका सवाललाई विद्यालय स्तरबाट नै विकृति विषङ्गती न्यूनिकरण तथा सामाजिक रुपान्तरण गर्न फोरम थिएटरको माध्यमबाट सहज हुने भएकोले बालबालिकाहरूका लागि कार्यशाला आयोजना गरिएको बताउनु भयो ।
फोरम थिएटरमा शिक्षा, स्वास्थ्य, वातावरण र लैङ्गीक तथा जातीय विभेदका विकृति विषङ्गति न्यूनिकरण गर्नका लागि क्षमता अभिवृद्धि गरी शुसासन कायम गर्न सबै सहभागीहरूलाई सक्रिय सहभागी हुन पौडेलले आग्रह गर्नुभयो । इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महतले फोरम थिएटरको माध्यमबाट इन्सेकले पहिलो पटक गतिविधि गरिरहेको जानकारी गराउँदै यस विषयमा विस्तृतरुपमा जान्न र बुझ्न जरूरी रहेको बताउनु भयो । संयोजक महतले अधिकारसँगै कर्तव्यलाई पनि जोडेर लैजानु पर्ने धारणा राख्नु भयो । फोरम थिएटर कार्यशालाको सहजीकरण मानव अधिकारकर्मी एवम् फोरम थिएटरका विज्ञ शुसिल चौधरी, शिवानी चौधरी र निरज चौधरीले गर्नु भएको छ ।
लक्ष्मी थारू