नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
स्याङजा । २०७८ पुस ९ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ८ गते सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) स्याङजाको आयोजनामा सम्पन्न गरिएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले मानव अधिकार मानिसलाई नभइ नहुने बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षणले समाजलाई राम्रो बनाउने बताउनुभयो ।
पुतलीबजार नगरपालिकाका मेयर सिमा क्षेत्रीले मानव अधिकारको संरक्षण राज्यको दायित्व रहेको बताउनुभयो । उहाँले कानुनलाई राम्ररी पालना गरे मानव अधिकार हननका घटनामा कमी आउने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय स्याङजाका एसपी राजिव बस्नेतले मानव अधिकार घटना हुन नदिन प्रहरीले सदै प्रयत्न गरिरहेको बताउनुभयो । जिल्ला समन्वय समितीका अधिकारी ऋषिराम आर्चायले न्यायिक समितीका घटनालाई पनि मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्नुपनेै सुझाव दिनुभयो ।
जिल्ला अदालतका श्रेस्तेदार विश्वप्रसाद रेग्मीले फैसला भएका मुद्दालाई मात्र वर्ष पुस्तकमा अभिलेख गर्दा राम्रो हुने बताउनुभयो । जिल्ला दलित सङघ का अध्यक्ष लिल रणपालले धेरै जसो मानव अधिकार हननका घटनाहरु दलित समुदायको हुने गरेको हुँदा समुदायमा मानव अधिकारसम्बन्धी सचेतना कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो । इन्सेकले गरेको अभिलेख अनुसार हालसम्म स्याङ्जा जिल्लामा ३४ ओटा मानव अधिकार हनन तथा ज्यादतीका घटनाहरु भएका छन् । जसमध्ये महिला अधिकारका २०, बालअधिकारका १२, हत्याका एक र अस्पतालमा गरिएको तालाबन्दीको एक घटना रहेको छ ।
तिलकुमारी थापा