![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
डोटी । २०७८ पुस १५ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १४ गते सिलगढीमा सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले इन्सेकले वर्र्ष भरी जिल्लामा भएका मानव अघिकार उल्लङ्घनका घटनाहरु सङ्कलन गरी प्रकाशन गर्दै आएका भएपनि यस वर्र्ष बाढीपहिरोबाट पीडित भएकाहरुको तथ्याङ्क पनि वर्ष पुस्तकमा समेट्न आग्रह गर्नु भयो । उहाँले मानव अधिकार वर्र्ष पुस्तकमा समावेश गरिने घटनाहरु जिल्ला प्रहरी कार्यालयबाट मात्रै सङ्कलन नगरी स्थानीय न्यायिक समितिले गरेका प्रयासहरु पनि समवेस हुन सके अझै राम्रो हुने सुझाव दिनु भयो ।
घरेलु हिसाका घटनाहरु मिलापत्रमा टुङ्गिने हुँदा घरेलु हिंसाका घटनामा कमी आउन नसकेको जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी दानबहादुर मल्लले बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण तथा प्रर्वद्धनका लागि इन्सेक लगायत संघसस्थाहरुसँग समन्वय गरेर प्रहरीले काम गर्दै आएकोले मानव अधिकार उल्लङ्घनका घटनामा कमी आएको बताउनु भयो । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्र्ष पुस्तक पीडितहरुको न्याय तथा राहात पाउनका लागि महत्वपूर्ण दस्तावेज बनेको जिल्ला कारागार, डोटीका प्रमुख लालबहादुर बोगटीले बताउनु भयो ।
उहाँले इन्सेकले बिगतका दिनमा कारागार सुधार तथा छाना मर्मतको विषयमा सम्बन्धीत निकायमा पटकपटक पहल तथा आग्रह गरेकोले अहिले कारागार मर्मत कार्य भइरहेको इन्सेकको भूमिका प्रसन्सनीय रहेको बताउनु भयो । सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसेम्वरसम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीसँग सम्बन्धीत ३१ ओटा घटनाहरु इन्सेक डोटी प्रतिनिधि गणेश जोशीले समीक्षा कार्यक्रममा प्रस्तुत गर्नु भएको थियो ।
गणेश जोशी