नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व समीक्षा सम्पन्न
सप्तरी । २०७८ पुस १६ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का लागि सप्तरीमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा गोष्ठी पुस १६ गते राजविराजमा सम्पन्न गरिएको छ ।
सप्तरीमा एक वर्षको अवधिमा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको प्रतिवेदन इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नु भएको थियो । प्रतिवेदनमा आठ हत्यासहित ९४ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू समेटिएको छ ।
इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा यस अवधिमा आठ जनाको हत्या, आत्महत्या दुरुत्साहनका तीन, बालिका बलात्कारका १६, बाल यौन दुव्र्यवहारका नौ, महिला बलात्कारका नौ, महिला बलात्कार प्रयासका नौ, बहुविवाहका नौ घटना समावेश गरिएको छ । त्यसैगरी बालविवाहको एक, बेचबिखनको एक, अपहरणको एक, गैरकानुनी थुनाको एक, अमानवीय व्यवहारको एक, घरेलु हिंसाका ६ लगायतका घटना प्रतिवेदनमा समेटिएको छ ।
कार्यक्रममा जिल्ला न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठले न्यायको अनुभूतिका लागि फैसला कार्यान्वयन महत्वपूर्ण पक्ष रहेको बताउनु भयो । समाजमा सही सन्देश पठाउन पनि झुठा उजुरी गर्नेलाई सजाय गर्न थालिएको उहाँले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मानव अधिकार र न्यायका लागि एक÷दुई ओटा निकायको मात्र मुख ताकेर सम्भव नहुने बताउनु भयो । सबैले आ–आफ्नो भूमिका खेल्नुपर्ने बताउँदै उहाँले गलत र झुठा उजुरीलाई दुरुत्साहन गर्नु पर्नेतर्फ सबै जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भयो ।
इन्सेक प्रदेश २ कार्यालय, जनकपुरधाम
HUMAN RIGHTS NEWS PORTAL






