








कैलाली । २०७८ पुस २० गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ प्रकाशन पूर्व वार्षिक समीक्षा पुस २० गते धनगढीमा सम्पन्न भएको छ । पूर्व समीक्षा कार्यक्रममा कैलाली जिल्लामा सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म सङ्कलन गरिएका २ सय २४ घटनाहरु इन्सेक कैलाली प्रतिनिधिले प्रस्तृत गर्नु भएको थियो । यस वर्ष कैलाली जिल्लाम राज्य पक्षबाट १४ जना र गैर राज्यपक्षबाट २ सय २४ जना पीडित भएको इन्सेकले अभिलेख गरेको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्षको ३० औँ अङकको तयारीमा रहेकाले सन् २०२१ जनवरीदेखि सन् २०२१ डिसिम्बरसम्म कैलाली जिल्लामा सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घनका घटनाहरु वर्ष पुस्तकमा समावेश गर्नु पूर्व पुनपुष्र्टि गर्न र सरोकारवालाहरुको सल्लाह, सुझाव लिन आग्रह गर्नु भयो । राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख मोहनदेव जोशीले अन्तराष्ट्रिय ६ ठुला महासन्धीमा आधारित भएर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका सवालहरुलाई पनि नेपाल मानव अधिकार वर्ष पुस्तकमा समेट्नु पर्ने सुझाव दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी विश्व अधिकारीले बलात्कारसँग सम्बन्धीत घटनाहरु प्रमाण नष्ट भइसकेपछि ढिलो गरेर उजुरी आउने गरेका कारण प्रहरी अनुसन्धानमा प्रमाण नपुग्ने भएको हुँदा मुद्दा कमजोर भई पीडितले न्याय पाउनबाट वञ्चित हुनु परेको बताउनु भयो । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका प्रलेख अधिकृत कृष्णबहादुर विश्वकर्माले इन्सेक जिल्ला प्रतिनिधीहरुले पीडित तथा घटनासँग सरोकार राख्ने पक्षहरुसँग नियमित समन्वय गरेर घटनाको पुष्टि तथा पनर्पुष्टि गरिदै आएको बताउनु भयो ।
मैनामोती चौधरी