नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

भोजपुर । २०७७ पुस ४ गते

 

नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२१ को प्रकाशन पूर्व जिल्लामा वार्षिक समीक्षा कार्यक्रम पुस ३ गते सम्पन्न भएको छ । सन् २०२० को जनवरीदेखि डिसेम्वर १५ सम्म सङ्कलन गरिएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ६० ओटा घटनाको समीक्षा गरिएको छ । जसमध्ये राज्यपक्षबाट गिरफ्तारीका नौ ओटा र अन्यक्षबाट बलात्कारका १४ ओटा, बलात्कार प्रयासका पाँच ओटा, हत्याका चार ओटा, घरेलु हिंसाका ६ ओटा, कुटपिट तथा गालीगलौजका १९ ओटा र भौतिक संरचना क्षतिका दुई ओटा घटनामा सरोकावालाबीच समीक्षा गरिएको छ । कार्यक्रममा बोल्दै पौवादुङ गाउँपालिका उपाध्उक्ष तथा न्यायिक समिति संयोजक सम्झना राईले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको मानव अधिकारको अवस्थाका देखाएको बताउनु भयो । उहाँले इन्सेक प्रतिनिधिले स्थानीय तहसम्म पुगेर पालिकागत हिसाबले तथ्याङक सङ्कलन गरे मानव अधिकारका घटना उजागर गर्न आवश्यक रहेको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी कृष्णकुमार चन्दले  प्रहरी सधैँ मानव अधिकारको रक्षाका लागि क्रियाशील भएको बताउनु भयो । उहाँले घरभित्र महिला तथा बालबालिका असुरक्षित हुने अवस्था अन्त्यका लागि सबैका साभाm प्रयास आवश्यक रहेको बताउनु भयो । मानव अधिकारकर्मी पवित्रा कटुवालले जिल्लामा बालिका तथा महिला बलात्कारका घटना दिनप्रतिदिन बढिरहेकाले यस्ता घटना न्यूनीकरणमा सरोकारवाला सबैको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले स्थानीय तहले मानव अधिकारका विषयमा छुट्टै कार्यक्रम बनाएर अघि बढेमात्र समस्या समाधान हुँदै जाने भयो ।

  

गणेश विष्ट