नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व समीक्षा

रोल्पा । २०७९ पुस ६ गते

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) रोल्पाको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा  पुस ४ गते लिवाङमा सम्पन्न भएको छ । कार्यक्रममा सन् २०२२ जनवरीदेखि हालसम्म जिल्लामा इन्सेकद्वारा अभिलेख गरिएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरू इन्सेक जिल्ला प्रतिनिधि तिलक घर्ती मगरले प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत तथ्याङ्कमा घरेलु हिंसाका ६५ ओटा,  स्थानीय निर्वाचनमा अचार संहिता उल्लङ्घनका दुई वटा बलात्कारका दुई वटा गरी ६९ वटा घटना रहेका छन् । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिता आचार्यले इन्सेकले जिल्लाका १० वटै स्थानीय तहसम्म पुगेर मानव अधिकार सम्बन्धी घटनाहरू सङ्कलन गर्नु आफैमा महत्वपूर्ण कार्य भएको बताउनु भयो । रोल्पा नगरपालिकाका प्रमुख सुरेन्द्र थापा घर्तीले थवाङ लागायतका स्थानीय तहमा पनि प्रशस्त मानव अधिकार उल्लङ्घनका  घटना भएकोले त्यसलाई पनि समेट्नु पर्ने बताउनु भयो ।

तिलक घर्ती मगर