नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न
सङ्खुवासभा । २०७७ पुस ४ गते
नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि संकलित घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम पुस ४ गते सम्पन्न भएको छ । इन्सेक सङ्खुवासभाको आयोजनामा सन् २०२० जनवरी देखि डिसेम्बर १५ सम्मका अभिलेखित घटनाहरूको समीक्षा सम्पन्न भएको हो । इन्सेक सङ्खुवासभा प्रतिनिधिले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ का लागि सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामाथि सरोकारवालाहरूबीच समीक्षा सम्पन्न भएको हो । जिल्लामा राजनीतिक अधिकार अन्र्तगत एक ओटा गिरफ्तारीको घटना, धम्की र कुटपिटका दुई ओटा घटना, बाल अधिकार अन्तरगत यौन दुव्र्यवहारका घटना आठ ओटा, महिला अधिकार अन्तरगत बलात्कारका चार ओटा घटना, घरेलु हिंसाका चार ओटा ,गालीगलौजका १५ ओटा र भौतिक संरचना क्षतिका दुई ओटा घटनामाथि समीक्षा गरिएको छ ।
समीक्षा कार्यक्रममा इन्सेकले मानव अधिकार हनन भएका घटनालाई लीपीवद्ध गर्ने र जिल्लाको मानव अधिकारको अवस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म पुर्याउने महत्वपूर्ण काम गरेको भन्दै जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यले इन्सेकलाई मानव अधिकार रक्षाको अभियानमा सधैँ अघि बढ्न सुझाव दिनुभयो । उहाँले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरू इन्सेकले सङ्कलन गरेर नेपालको मानव अधिकारको अवस्थाका देखाएको बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष बुढाथोकीले मानव अधिकार रक्षाका लागि नेपाल प्रहरीले विवादरहित ढङ्गले कार्य सम्पादन गर्दै आएको बताउनु भयो । उहाँले इन्सेकले मानव अधिकार रक्षा र कार्यान्वयनमा समेत झक्झक्काउने काम गरिहेको बताउनु भयो । पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले मानव अधिकारको क्षेत्रमा इन्सेकले सत्यतथ्य घटनालाई उजागर गरी मानव अधिकार रक्षाका लागि इन्सेकले नेपाल सरकारलाई सहयोग गरेको बताउनु भयो ।
भविन कार्की