![DSC_0136-2 DSC_0136-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0136-2.jpg)
![DSC_0084-2 DSC_0084-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0084-2.jpg)
![DSC_0072-2 DSC_0072-2](https://www.insec.org.np/wp-content/gallery/situation-public-program-of-16-days-of-activism-against-gender-based-violence-campaign_20810827_alfa-house/thumbs/thumbs_DSC_0072-2.jpg)
![DSC_0813 DSC_0813](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0813.jpg)
![DSC_0808 DSC_0808](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0808.jpg)
![DSC_0783 DSC_0783](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0783.jpg)
![DSC_0774 DSC_0774](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0774.jpg)
![DSC_0762 DSC_0762](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0762.jpg)
![DSC_0759 DSC_0759](https://www.insec.org.np/wp-content/gallery/business-and-human-rights-program_20810730_alfa-house/thumbs/thumbs_DSC_0759.jpg)
कैलाली । २०७९ पुस २७ गते
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सु्दूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक—२०२३ वार्षिक सम्पादन भेला पुस २७ गते धनगढीमा सम्पन्न भएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले इन्सेकद्वारा प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक विश्वशनिय स्रोतको रुपमा स्थापीत दस्ताबेज भएकाले वर्ष पुस्तकलाई विश्वासनीय बनाउनका लागि घटनाको सत्यतथ्य तथ्याङ्क अद्यावधिक गरी समयमा पठाउन सबै जिल्ला प्रतिनिधिहरुलाई आग्रह गर्नु भयो । इन्सेक केन्द्रीय कार्यालयका गोविन्द त्रिपाठीले इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले नौ महिनाको मानव अधिकार स्थिति सूचक प्रकाशन गरिसकेकोले पनि यस पटकको नेपाल मानव अधिकार वर्ष पुस्तकको सम्पादन थप सहज भएकोल आगामी दिनमा पनि मानव अधिकार स्थिति सूचक नियमित रुपमा प्रकाशन गर्न सुझाव दिनु भयो ।
इन्सेक केन्द्रीय कार्यालयका रमेश तिमल्सिनाले मासिक रुपमा जिल्लागत मानव अधिकारको अवस्था विश्लेषण गरी इन्सेक अनलाइनमा प्रकाशन गर्न आवश्यक भएको र मानव अधिकारको संरक्षण र प्रर्वधनका लागि सरोकारवालाहरुलाई नियमित रुपमा खबरदरी गर्न सहज हुने बताउनु भयो । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीमा प्रलेख अधिकृत कृष्णबहादुर विश्वकार्माले जिल्लामा मानव अधिकार उल्लङ्घनका घटनाहरुको संकलन गरी अभिलेखिकरण तथा डाटा इन्ट्टी गरी मासिक रुपमा प्रदेश कार्यालयमा पठाउनु पर्ने बताउनु भयो । सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लाका इन्सेक जिल्ला प्रतिनिधि, इन्सेक केन्द्रीय कार्यालयका प्रतिनिधि र इन्सेक प्रदेश कार्यालयका कर्मचारीको सहभागिता रहेको सम्पादन भेला पुस २६ र २७ गते धनगढीमा आयोजना गरिएको थियो ।
मैनामोती चौधरी